+
+

पाकिस्तानले जित्यो त्रिकोणत्मक टि–२०अन्तर्राष्ट्रियको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १५:०६

२८ असोज, काठमाडौं । पाकिस्तान र न्युजिल्यान्ड र बंगलादेशबीच भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि पाकिस्तानले जितेको छ । फाइनल खेलमा घरेलु टोली न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै  पाकिस्तानले उपाधि जितेको हो ।

जितको लागि १६४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाउँदै विजयी भएको हो ।

पाकिस्तानका मोहम्मद नवाज २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा अविजित रहे । युवा ब्याटर हैदर अलिले ३१,

मोहम्मद रिजवान ३४, बाबर आजम १५, शन मकसुद २१, इफ्तिखर अहमद २५ रनमा अविजित रहे ।

न्युजिल्यान्डका माइकल ब्रेसवेलले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । टिम साउथी, ईश सोधी र ब्लेयर टिनकरले एक एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । कप्तान केन विलियम्सनले ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन बनाए ।

पाकिस्तानका नसिम शाहले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

डबल राउण्ड रोबिन अन्तर्गत भएको खेलमा ४ खेलमा ४ पराजय बेहोरेको बंगलादेश भने अंक तालिकामा सबैभन्दा कमजोर देखियो ।

घरेलु टोली न्युजिल्यान्डले ४ खेलमा ३ जित र १ हार बेहोर्दै उपविजेता भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?