+
+

सत्यमोहन जोशी आईसीयूमै, औषधिले काम गर्न छोड्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १८:२४

२८ असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

जोशीको छातीमा निमोनिया संक्रमण देखिएको छ । उमेर धेरै भएको र रोगले ग्रसित पारेकाले औषधिले पनि काम नगरेको उपचारमा संलग्न एक चिकित्सकले बताए । ‘ब्लड प्रेसर एकछिनमा ह्वातै घट्छ । ब्लडप्रेसर घट्न थालेको राम्रो अवस्था होइन । औषधिले शरीरमा त्यति राम्रो काम गरिरहेको छैन’, ती चिकित्सकले भने, ‘स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकाले अवस्था चिन्ताजनक नै रहेको छ ।’

निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेंगु संक्रमण देखिएपछि जोशी २२ दिनदेखि उपचारत छन् ।

स्वास्थ्य अवस्था केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । बिहीबार बिहान फेरि स्वास्थ्यमा समस्या देखिएपछि क्याबिनबाट आईसीयूमा सारिएको थियो । अहिले जोशीलाई प्रतिमिनेट ५ लिटर हाइफ्लो अक्सिजन दिनुपरेको छ ।

जोशीको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् ।

किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?