+
+

देउवा र प्रचण्डलाई देखाउँदै माधव नेपालले भने : वर्तमान र भविष्यका प्रधानमन्त्री यही छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १५:५९

३० असोज, काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने बताएका छन्।

सत्तारुढ गठबन्धनकै भविष्य रहेकाले आम मतदाताले सोही गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ थियो । आइतबार काठमाडौंमा आयोजित ‘सत्तारुढ गठबन्धनका काठमाडौं क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभा’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएकाले पनि जनताले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई जिताउनुपर्ने तर्क समेत गरे ।

उनले भोलिको भविष्य पनि सत्तारुढ गठबन्धनको नै भएकाले त्यसका नेताहरुले आफूहरुको समस्या समाधान गर्न सक्छन भनेर विश्वास गर्न पनि आम मतदातालाई आग्रह गरे । उनले सत्तारुढ गठबन्धनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बाहेकका नेताहरु पनि भविष्यका प्रधानमन्त्रीहरु भएको उल्लेख गर्दै उनीहरुको पक्षमा मतदान गर्नुपर्ने बताए ।

उनले भने, ‘ अनुकूलता के छ भने भोलि पनि भविष्य गठबन्धन दलकै छ । र, गठबन्धनमा रहेका महत्वपूर्ण नेताहरु र पार्टी भईसकेपछि हल गर्न नसकिने केही पनि छैन । त्यसकारण तपाईहरु उहाँसँग विश्वस्त भए हुन्छ । सँगसँगै केन्द्रबाट, मन्त्रीपरिषद्बाट अनेक खालका कानुनी अवरोधहरु आउलान, त्यसलाई हल गर्नका लागि पनि हाम्रो वर्तमान प्रधानमन्त्री त छँदै हुनुहुन्छ । भविष्यका प्रधानमन्त्रीहरु पनि यही छन भन्ने पनि सबैको ध्यान जानुपर्ने आवश्यक्ता पर्छ । त्यसो भयो भने तपाईहरु यस निर्वाचन क्षेत्र नम्बर २ मा यो वास्तवमा हुनुपर्ने क्षेत्र नम्बर १ हो । ’

अध्यक्ष नेपालले निर्वाचनमा विजयी हुने गरी क्रियाशील हुन पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई सचेत गराए । मुलुकको स्वाभिमानलाई उचो राक्न र जनताको अधिकारलाई सुनिश्चित गर्न पनि सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?