+
+

तनहुँको परेवाडाँडामा जिपलाइन र स्काइरोप साइक्लिङ निर्माण अन्तिम चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १६:५९

३० असोज, काठमाडौं । तनहुँको परेवाडाँडामा जिपलाइन र ’स्काइरोप साइक्लिङ’ सञ्चालनमा आउने भएको छ । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले नयाँ सुविधाका रुपमा जिपलाइन र स्काइरोप साइक्लिङ थप गरेको हो ।

रिसोर्टका सञ्चालक विवेक सापकोटाका अनुसार केही दिनमा जिपलाइन तयार हुने र स्काइरोप साइक्लिङ पनि कात्तिक महिना भित्रै निर्माण सम्पन्न हुनेछ । मादी नदी वारपार गर्ने गरी ५ सय मिटरको जिपलाइन सञ्चालनमा आउने उनले बताए । जुन परेवाडाँडाबाट चिन्तुडाँडासम्म पुग्ने व्यवस्था गरिएको छ । ९० फिट उचाइमा एक सय मिटरको स्काइरोप साइक्लिङको परीक्षण कार्य भइरहेको छ ।

जिपलाइनका लागि एक हजार ५ सय र स्काइरोप साइक्लिङ (दुई तर्फी) का लागि एक हजार शुल्क तोकिएको छ । रिसोर्टले जिपलाइन र स्काइरोप साइक्लिङका लागि मात्र १ करोड २५ लाख बजेट छुट्याएको सापकोटाले जानकारी दिए । रिसोर्ट दमौलीबाट ५ किमि उत्तर परेवाडाँडामा अवस्थित छ । १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टको हाल ४ रोपनीमा संरचना बनेका छन् । आगामी २ वर्षमा लक्जरी रुम, स्विमिङ पुल, चिल्ड्रेन फनपार्कलगायत संरचनाहरू समेत थप्ने योजना रहेको उनी बताउँछन् ।

यसबाहेक रिसोर्टमा जाइन्ट स्विङ समेत सञ्चालनमा रहेको छ । उक्त स्विङ २ वर्ष अगाडिदेखि नै सञ्चालनमा रहेको सापकोटा बताउँछन् । उनका अनुसार, ९० केजीसम्मका व्यक्तिले स्विङ खेल्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?