+
+

नवौं राष्ट्रिय खेलकुद : सेपाकताक्रोमा आर्मीलाई दुई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १९:१५

३० असोज, कावासोती । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सेपाकताक्रोको पुरुष र महिला डबल्समा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।

नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फको डबल्समा सेनाले प्रदेश नम्वर १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो ।

अनिल जर्घा मगर, रोशन तामाङ र दिपेश जंग थापाले सेनालाई स्वर्ण दिलाएका हुन् । सो स्पर्धामा रजत पदक प्रदेश नं. १ र कास्य पदक बागमती प्रदेशले जिते ।

यसैगरी महिला डबल्सतर्फ आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ ।

सेनाका लागि चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण दिलाएका हुन् ।

गण्डकी प्रदेशले कास्य पदक प्राप्त गरे। सेपाकताक्रोमा प्रदेश नं. १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?