+
+

भैरहवाबाट यात्रु नपाएपछि जजिराले कटौती गर्‍यो उडान

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १४:०७

३१ असोज, काठमाडौं । जजिरा एयरवेजले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट  हुने उडान कटौती गरेको छ । पर्याप्त यात्रु नपाएको भन्दै जजिराले उडान कटौती गरेको हो ।

जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलबाट दैनिक एक उडान गर्दै आइरहेको थियो । अब जजिराले हप्तामा सातै दिन उडान नगर्ने, तत्काललाई दिन बिराएर उडान गर्ने गरी उडान तालिका समायोजन गरेको छ । जजिराले हप्तामा ३ उडान गर्दै आएकाेमा १६  सेम्टेम्बरदेखि दैनिक उडान गर्न थालेको थियो ।

जजिराले सात दिन नै उडान गर्ने तालिक रद्ध गरिनसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

नेपालबाट कुवेतका लागि उड्ने यात्रु कम भएकाले यात्रुको उपलब्धताका  आधारमा उडान संख्या घटाउने जानकारी गराएको छ । ‘विदेश उड्ने यात्रु कम भएकाले यस्तो अवस्था आएको हो,’ प्रवक्ता भुलको दाबी छ,’भिसा स्ट्याम्पिङ, मेडिकल र नयाँ श्रम स्वीकृति दिने काम भैरवहाबाट नभएकाले यस्तो अवस्था आएको हो ।’

भुलका अनुसार यात्रु पाएका सात दिन नै उडान गर्न जजिरा तयार छ ।

गौबतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झा जजिराले उडान कटौती गरेपनि विमानस्थल नियमित सेवमा रहने बताउँछन् । आफूहरु अन्य एयरलाइन्सले पनि विमानस्थलमा उडान थाल्ने प्रतिक्षामा रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?