+
+

पुलिसलाई हराउँदै एपीएफले जित्यो महिला भलिबलको स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १७:१५
म्याग्दीको बेनीमा भएकाे फाइनल खेल हेर्ने दर्शक । तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर

कात्तिक, म्याग्दी । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल एपीएफ क्लबले स्वर्ण जितेको छ ।

म्याग्दीको बेनीमा बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो ।

एपीएफले पहिलो सेट २५-१९ ले जित्दै खेलमा अग्रता बनाएको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेट ३०-२८ ले आफ्नो पक्षमा पारेपछि एपीएफले २-० को अग्रता बनाएको थियो ।

तेस्रो सेटमा पुलिसले पुनरागमन गर्दै टाइब्रेकमा २६-२४ ले आफ्नो पक्षमा पारेको थियो ।

तर चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै एपीएफले स्वर्ण पक्का गरेको हो ।

महिला भलिबलमा बागमती प्रदेशले कांस्य पदक जितेको छ । बुधबारै बिहान भएको खेलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गरि बागमतीले कांस्य जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?