+
+

दैलेखबाट सुत्केरी हुन नसकेकी महिलाको हवाई उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १८:५६

२ असोज, काठमाडौं । दैलेखको ग्रामीण भेगमा सुत्केरी हुन नसकेकी एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको पहलमा आठबिसकोट नगरपालिका–४ कुन्टाकी २० वर्षीया नौरत्ता माझीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

३ दिनदेखि ब्यथा लाग्दा पनि सुत्केरी हुन नसक्दा उनको उच्च रक्तश्राव भएको थियो । स्थानीय स्वास्थ्य चौकीमा लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि तुरुन्तै सुविधा सम्पन्न अस्पतालमा लैजान स्वास्थयकर्मीले सुझाएका थिए ।

त्यसपछि स्थानीय तहका जनप्रतिनिधि र आफन्तजनले जिल्ला प्रशासन कार्यालयसँग सहयोग मागेका थिए । दैलखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार सुत्केरी हुन नसकेकी माझीको महिलाको हेलिकोप्टरमार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा लगेर उपचार भइरहेको छ ।

‘खबर पाउनासाथ तुरुन्तै उद्धारको व्यवस्था मिलायौं,’ हमालले भने, ‘स्वास्थ्य अवस्था खतरायुक्त भएकाले ढिलाइ गर्न नहुने परिस्थिति थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?