+
+

पुलिसलाई हराउँदै एपीएफले जित्यो महिला फुटबलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १६:४२

३ कात्तिक, स्याङ्जा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको स्वर्ण विभागीय टोली एपीएफ क्लबले जितेको छ ।

बिहीबार स्याङ्जाको वालिङमा भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले हराएर एपीएफले स्वर्ण जितेको हो ।

एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले दुई गोल गरिन् । पुलिसका लागि निरु थापाले एक सान्त्वना गोल फर्काइन् ।

महिला फुटबलमा कास्य पदक भने विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । कांस्य पदकका लागि भएको खेलमा आर्मीले प्रदेश १ लाई ७-० ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?