+
+

४५ जना लेखकका ‘समकालीन नेपाली निबन्ध’ पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १८:००

काठमाडौं । समकालीन ४५ निबन्धकारका आत्मपरक निबन्धहरूको संग्रह ‘समकालीन नेपाली निबन्ध’ पुस्तक सार्वजनिक भएको छ । शंकर लामिछाने प्रतिष्ठान तथा भुँडीपूराण प्रकाशनको संयुक्त आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा पुस्तक विमोचन भएको हो ।

विमोचनपछि बोल्दै डा. शान्तिमाया गिरी, सुधा शर्मा र प्रमोद प्रधानले पुस्तकमा संकलित निबन्धहरूको विविध पक्षमा चर्चा गरेका थिए । साथै उक्त कृतिका सम्पादक श्रीओम श्रेष्ठ रोदनले सम्पादन अनुभव सुनाएका थिए ।

पुस्तकमा तेजेश्वरबाबु ग्वंग, अभि सुवेदी, दीनानाथ शर्मा, सृजन लम्साल, खगेन्द्र संग्रौला, माधव पोखरेल, देवराज खरेल, किशोर नेपाल, डा. गोविन्दराज भट्टराई, रमेश गोर्खाली, रामबाबु घिमिरे, सरूभक्त, महेश प्रसाईं, सुधा त्रिपाठी, गोविन्द गिरी प्रेरणाका निबन्ध समेटिएका छन् ।

यस्तै शारदा शर्मा, विन्दु सुवेदी, कृष्ण धरावासी, मित्रलाल पंज्ञानी, माधव काफ्ले, मोहन चापागाईं, ज्ञानु पाण्डे, श्रीओम श्रेष्ठ रोदन, विनयकुमार शर्मा नेपाल, लक्ष्मणप्रसाद गौतम, प्रकाश सायमी, जयदेव गौतम, भूपिन, मोमिला, भीष्म उप्रेती, रोशन शेरचन, युवराज नयाँघरे, ज्ञानेन्द्र विवश, संगीत आयाम, डा. रजनी ढकाल, रञ्जना निरौलाका निबन्ध छन् ।

पुस्तकमा ज्ञानु अधिकारी, कुमारी लामा, पुण्य कार्की, डा. टंक उप्रेती, गीता त्रिपाठी, मणि लोहनी, श्रीबाबु कार्की उदास, नवीन विभास र अनिता न्यौपानेका आत्मपरक निबन्ध समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?