+
+
फ्राइडे रिलिज :

‘के घर के डेरा’, ‘नालापानी’ र ‘ब्ल्याक एडम’ हलमा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १०:३९

काठमाडौं । आज (शुक्रबार)देखि नेपाली हलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘के घर के डेरा’ र ‘नालापानी’ तथा हलिउडको ‘ब्ल्याक एडम’ रिलिज भएका हुन् । यी तीनैवटा फिल्मको जनरा अलग छ ।

दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’ गम्भीर विषयवस्तुमा बनेको हास्यप्रधान फिल्म हो । दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की र वर्षा राउत अभिनित फिल्मले काठमाडौंमा घर निर्माणको सपना देख्ने मध्यमवर्गीय परिवारको कथा भन्छ ।

सन् १९१४ देखि १८१६ को कालखण्डमा चलेको नेपाल-अंग्रेजबीचको नालापानी युद्धको ऐतिहासिक कथावस्तुमा फिल्म ‘नालापानी’ निर्माण भएको छ । रिमेश अधिकारी निर्देशित फिल्ममा अर्जुनजंग शाही, देशभक्त खनाल, सन्तोष पन्त र गीता अधिकारीको प्रमुख भूमिका छ । चलचित्र विकास बोर्डले विशेष फिल्मको रुपमा मान्यता दिएको यो फिल्म ऐतिहासिक कथावस्तु रुचाउने दर्शकलाई प्रिय लाग्न सक्छ ।

ड्वेन जोन्सन पहिलोपटक हलिउडमा ‘ब्ल्याक एडम’मार्फत सुपरहिरो चरित्रमा देखिंदैछन् । डीसी कमिक्सको कथावस्तुमा आधारित फिल्मले पार्थिव चिहानबाट पुनः ब्युँझिएको र इजिप्सियन भगवानबाट शक्ति प्राप्त गरेको पात्रले न्यायका लागि गर्ने लडाईंलाई प्रस्तुत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?