+
+

महजोडीको फिल्म ‘महापुरुष’ हेर्ने ओलीको चाहना

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते ११:५६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ हेर्ने इच्छा व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा अभिनेता श्रेष्ठको तस्वीर सेयर गर्दै ओलीले बाँचुञ्जेल अभिनय गर्ने सदीक्षा पूरा होस् भन्ने कामना समेत गरेका छन् ।

‘मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा जागेको छ । चलचित्र महापुरुषको भव्य सफलताको कामना व्यक्त गर्दछु,’ ओलीले भनेका छन् ।

मदनकृष्णले यसैसाता केही मिडियासँग कुरा गर्दै आफूलाई बाँचुञ्जेल अभिनय गर्ने इच्छा रहेको बताएका थिए । महजोडीको पछिल्लो फिल्म ‘महापुरुष’ कात्तिक ११ गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?