+
+

पल्सर एन २५० र एन १६० नेपाली बजारमा, के छन् विशेषता ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १२:०८

बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्दले पल्सरको नयाँ मोडलको बाइकहरू एन २५० र एन १६० सार्वजनिक गरेको छ।

हरेक दिन चलाउन पनि हुने र पावर र पर्फर्मेन्स युक्त स्पोर्टि लुक भएको मोटरबाइक रुचाउने युवा पुस्ताको लागि यो बाइक डिजाइन गरिएको कम्पनीले जनाएको छ।

गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, ‘नेपालमा लन्च भएदेखि नै पल्सर बाइकले बाइकिङ क्षेत्रको लागि नयाँ मापदण्ड खडा गरेको छ । ७० भन्दा बढी देशहरूमा गरेर पल्सर विश्वव्यापी रूपमै सर्वाधिक रुचाइएको ब्रान्ड भएको छ।’

उनले भने ‘यही सिलसिलालाई कायम राख्दै पल्सरले २ वटा बाइकहरू लन्च गरेको छ जसले बाइकिङ क्षेत्रको लागि फेरि नयाँ मापदण्ड खडा गर्नेछन्।’

पल्सर एन २५०

मोडर्न एरो डाइनामिक डिजाइन र शार्प युनिबडी जेस्चर भएको पल्सर एन २५० हेर्दा अत्यन्तै आकर्षक देखिने कम्पनीले बताएको छ।

यसको स्याटन ग्रे फिनिश एग्जस्ट र चौडा टायरहरुले यसलाई झनै स्पोर्टि र स्टाइलिश लुक दिएको छ। नयाँ स्पोर्टस टेक थिममा डिजाइन गरिएको यो बाइकमा प्रयोग गरिएको नयाँ प्रिमियम मेटालीक कलरले पनि बाइकको स्कल्प्चरल प्युरिटीलाई हाइलाइट गरेको छ।

अगाडिदेखि पछाडिसम्म विस्तारै हल्का कम हुँदै गएको टोनले गर्दा यसलाई जती हेरे पनि फ्रेस देखिन्छ।

साइड कभर र ट्यान्क साइडको स्याटन ब्ल्याक फिनिशले ट्यान्कको मेटालिक ग्लसलाई मजासँग कम्प्लिमेन्ट गरेको छ । त्यस्तै इन्जिन कभरमा प्रयोग गरिएको डिप कपरले यो बाइकलाई झनै आकर्षक देखाएको छ।

१५० सिसीदेखि लिएर एन एस २०० को पावरसम्म आउँदा पल्सर सधै सबैभन्दा फास्टेस्ट बाइक बनेको कम्पनीको दाबी छ।

यसको २५० सिसीको डिटिएस्आइ ओइल कुल्ड  इन्जिनले २४५ को पिएस्को स्मुथ पावर र २१Þ५ एनएमको टर्क र साथ-साथै यसको सिग्नेचर १० सेकेन्ड अड्रेनलिन रस पनि दिन्छ।

साथै, यसको निम्बल फुटेड ह्यान्ड्लिङ र सुविधाजनक मिड रेन्जले हरेक दिनको बाइक राइड सजिलो बनाउने कम्पनीले बताएको छ।

पल्सर एन १६०

पल्सर २५० कै प्ल्याटफर्म प्रयोग गरेर बनाइएको पल्सर एन १६० मा डुअल च्यानल एबिएस्सिस्टम प्रयोग गरिएको छ जुन यो भन्दा अगाडिको मोडलहरूमा प्रयोग गरिएको थिएन।

साथै यसमा १६५ सिसी बि एस६ इन्जिन, एलइडि प्रोजेक्टर हेड्ल्याम्प रहेका छन्। यसअघि कहिल्यै नभएको पावर, प्रेसिजन र कन्ट्रोल प्रदान गर्ने हिसाबले यस बाइकको डिजाइन गरिएको कम्पनीले जनाएको छ।

स्पोर्टि लुक भएको र हरेक दिन चलाउन मिल्ने बाइक खोजिरहेका युवा पुस्तालाई यो बाइक मनपर्ने विश्वास कम्पनीले गरेको छ।

यसमा बिएस्भिआइ कम्प्लाएन्ट १६५ सिसिको इन्जिन प्रयोग गरिएको छ। यसले ८७५० आरपिएममा १६ पिएसको पावर र ६७५० को आरपिएममा १४.६५ एनएमको टर्क निकाल्न सक्ने कम्पनीले बताएको छ।

सुधारिएको पिकअपको लागि ८५ प्रतिशतसम्म पिक टर्क उपलब्ध रहेको कम्पनीले दाबी गरेको छ। यसले ४ भल्भ इन्जिन भएको पल्सर एनएस १६० सिसीभन्दा १.२ बिएचपि कम पावर निकाल्छ। यसमा ५ स्पिडको गियर बक्स छ।

मोनो शक रियर सस्पेन्सन, एलइडी प्रोजेक्टर हेड ल्याम्प, अन्डर बेली एग्जस्ट सिस्टम युक्त यो बाइक ट्युबुलर फ्रेम च्यासिसमा बनाइएको छ।

साथै, यसमा पल्सर एन २५० कै जस्तै फुएल ट्यान्क एक्स्टेन्सन, स्प्लिट सिट, एलोइ व्हिल र टेल लाइट राखिएको छ।

यसको डुअल च्यानल एबिएस भर्सन ब्रुक्लिन ब्ल्याक शेडमा उपलब्ध छ । यसमा ३०० एमएम फ्रन्ट डिस्क र २३० एमएमको रियर डिस्क रहेको छ।

साथै यसमा यु ईशा्बि चार्जिङ पोर्ट, १४ लिटरको फुएल ट्यान्क र गियर पोजिसन, समय, फुएल एकोनोमी र पेट्रोल खपत देखाउने डिजिटल एनालग इन्स्ट्रुमेन्ट पनि रहेको छ ।

नेपाली बजारमा पल्सर एन २५०को मूल्य ४ लाख ८९ हजार नौ सय रूपैयाँ र पल्सर एन १६०को  ३ लाख ७९ हजार नौ सय रूपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?