+
+

हिमाल र पहाडमा भन्दा तराईमा चर्को मूल्यवृद्धि

गत साउन र भदौमा तराईको मूल्यवृद्धि दर सबैभन्दा धेरै ९.३३ प्रतिशत छ । पहाडमा ८.८२ र हिमाली क्षेत्रमा ६.६८ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । काठमाडौं उपत्यकाको मूल्यवृद्धि दर भने ७.६२ प्रतिशत छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १७:०९

४ कात्तिक, काठमाडौं । गत साउन र भदौ महिनामा नेपालको हिमाली र पहाडी क्षेत्रको तुलनामा तराईमा बढी मूल्यवृद्धि देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) को आर्थिक विवरणमा उपभोक्ता मूल्यवृद्धि ५.१५ प्रतिशत विन्दुले वृद्धि भएको छ । यो अवधिको कुल मूल्यवृद्धि ८.६४ प्रतिशत छ, गत आर्थिक वर्षमा भने यस अवधिको मूल्यवृद्धि जम्मा ३.४९ प्रतिशत थियो ।

गत साउन र भदौमा तराईको मूल्यवृद्धि दर सबैभन्दा धेरै ९.३३ प्रतिशत छ । पहाडमा ८.८२ र हिमाली क्षेत्रमा ६.६८ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । काठमाडौं उपत्यकाको मूल्यवृद्धि दर भने ७.६२ प्रतिशत छ ।

साउन र भदौमा खाद्यान्नको भाउ ८.१७ प्रतिशतले बढ्दा गैरखाद्य पदार्थ ९.०२ प्रतिशतले महँगिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल १७.२९, घिउ तथा तेल १४.५३, रेष्टुरेन्ट तथा होटलको सेवा १२.३०, मदिराजन्य पेय पदार्थ १०.२४ र  तरकारी ९.९४ प्रतिशत महँगिएको छ ।

यस्तै गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात २३.४१, स्वास्थ्य १०.५४, फर्निसिङ तथा घरायसी उपकरण ९.२५, शिक्षा ९.११ र घरायसी उपयोगका वस्तुको मूल्य ७.६९  प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?