
फाइल फोटो
२९ असोज, गुल्मी । गुल्मीमा बोकाको मासुको मूल्यमा प्रतिकिलो ६० रुपैयाँ वृद्धि गरिएको छ ।
यसअघि प्रतिकिलो ८६० रुपैयाँमा बिक्री हुँदै आएको बोकाको मासुको नयाँ मूल्य ९२० रुपैयाँ तोकिएको छ ।
मासुको मूल्य निर्धारणका लागि सरोकारवालाहरुको बैठक बसेको र लामो समयदेखि मूल्य समायोजन नभएकाले मूल्य समायोजन गरिएको मासु व्यवसायी संघ गुल्मीका अध्यक्ष लिलबहादुर बस्नेतले जानकारी दिए ।
जिल्लामा पछिल्लो ४ वर्ष वर्षभन्दा लामो समयदेखि मूल्य समायोजन गरिएको थिएन ।
हालको बजार स्थितिलाई हेर्दै ६० रुपैयाँ मूल्य समायोजन गरिएको अध्यक्ष बस्नेतले बताए ।
यसैबीच कुखुराको मासुको मूल्यमा भने प्रति किलो २० रुपैयाँले घटेको छ । यसअघि ४४० रुपैयाँ प्रतिकिलो भएकोमा २० रुपैयाँ घटाएर ४२० रुपैयाँ बनाइएको छ ।
कुखुराको मूल्य भने समय समयमा घट्ने बढने हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4