+
+

टी-२० विश्वकपबाट वेष्ट इण्डिज बाहिरियो, आयरल्याण्ड सुपर १२ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १४:४१
Photo Credit : ICC
आयरल्याण्डका खेलाडी र समर्थक सुपर १२ मा पुगेपछिको खुसी साट्दै ।

४ कात्तिक, काठमाडौं । दुई पटकको विजेता वेष्ट इण्डिज आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै घर फर्केको छ ।

अष्ट्रेलियामा आज (शुक्रबार) भएको खेलमा आयरल्याण्डसँग ९ विकेटको फराकिलो अन्तरले पराजित हुँदै वेष्ट इण्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो ।

वेष्टइण्डिजसँगको जितसँगै आयरल्याण्ड सुपर १२ मा पुगेको छ ।

वेष्ट इण्डिजले दिएको १४७ को लक्ष्य पछ्याएको आयरल्याण्डले १७.३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । आयरल्याण्डलाई जिताउँदै सुपर १२ मा पु¥याउन ओपनर ब्याटर पल स्टर्लिङले ६६ रनको अविजित पारी खेले । उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरेका हुन् ।

लोर्कन टस्कर ४५ रनमा अविजित रहे । उनले ३५ बलमा २ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर एण्डी बलब्रिनी ३७ रनमा क्याच आउट भए ।

वेष्ट इन्डिजका लागि अकेल होसेनले मात्र विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रन बनाएको थियो ।

वेष्ट इन्डिजका लागि ब्रान्डोन किङले सर्वाधिक ६२ रनको अविजित पारी खेले । उनले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

जोन्सन चार्लीले १८ बलमा ३ चौका प्रहार गर्दै २४ रन बनाए ।

लेविस र पोरनले समान १३ रन बनाए भने ओडे स्मिथ १९ रनमा अविजित रहेका थिए । आयरल्यान्डका लागि ग्रेथ डिलानेले सर्वाधिक ३ विकेट लिए । ब्यारी म्याकक्यार्थी र सिमी सिंहले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?