+
+

मनि लाउन्डिङ प्रकरण : ज्याकलिनले प्रमाण लुकाउन र देश छाडेर भाग्ने कोसिस गरेको ईडीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १२:२६

काठमाडौं । सुकेश चन्द्रशेखरसँग २०० करोड भारु मनि लाउन्डिङ (मुद्राको अवैध ओसारपसार) मुद्दामा मुछिएकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको तनाव अरु बढ्ने संक्त देखिएको छ ।

दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म पुर्‍याइदिएको छ । तर प्रवर्तन निर्देशनालय (ईडी)ले भने ज्याकलिनको जमानत याचिकाको कडा विरोध गरेको छ ।

ईडीले अनुसन्धानका लागि ज्याकलिनले कहिल्यै सहयोग नगरेको र प्रमाण लुकाउन भूमिका खेलेको आरोप लगाएको छ । साथै उनी देश छाडेर भाग्ने कोसिसमा रहेको समेत ईडीको दाबी छ । अन्तरिम जमानत बढाउने आदेशले मुद्दाको अनुसन्धान प्रभावित हुनसक्ने समेत जिकिर गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चन्द्रशेखर र ज्याकलिनबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । चन्द्रशेखरले ज्याकलिनलाई महंगा गहना र गाडी उपहार दिएका थिए । त्यसपछि ज्याकलिन पनि यो मुद्दामा तानिएकी हुन् ।

यसैबीच, ठगीको आरोपमा दिल्लीको मन्डोली जेलमा रहेका सुकेश चन्द्रशेखरले भने यो मुद्दामा ज्याकलिन निर्दोष रहेको दाबी गरेका छन् । कारागारबाट आफ्ना वकिललाई लेखेको पत्रमा उनले ज्याकलिनलाई महंगा उपहार र कार रिलेसनसिपमा रहेको नाताले दिएको दाबी गरेका छन् । चन्द्रशेखरले रानबाक्सीका पूर्वमालिकको रिहाइको कामका लागि आफूले २०० करोड रुपैयाँको कारोबार गरेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?