+
+

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५१ करोड ६८ लाखको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १५:४१

६ कात्तिक, काठमाडौं । तिहार अगाडिको अन्तिम कारोबार दिन सेयर बजारमा परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । आइतबार बजार परिसूचक नेप्से १४.३५ अंक (०.७८ प्रतिशत) ले वृद्धि भएर १८५८.४९ अंकमा बन्द भएको हो ।

‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.८८ अंकले बढेर ३६५.९३ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचक भने घटेको छ ।

नेप्सेमा वृद्धि देखिए पनि कारोबार रकम हेर्दा भने लगानीकर्ता उत्साहित भएको देखिंदैन । आइतबार नेप्सेमा १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच हुँदा ५१ करोड ६८ लाख ३ हजारको कारोबार भएको छ । जसम्धये एभरेष्ट बैंकको सर्वाधिक ५ करोड १६ लाख ३३ हजारको कारोबार हुँदा नबिल बैंकको ३ करोड ३८ लाख ८० हजार र नेपाल बैंकको ३ करोड २० लाख १९ हजारको कारोबार भएको छ ।

आइतबार बजारमा कुल १८२ कम्पनीको सेयर कारोबार हुँदा १३५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

जसमध्ये रुरु जलविद्युत् कम्पनी र सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यता सिटिजन्स म्युचुअल फण्ड २ को इकाइ मूल्य ९.५५ प्रतिशतले गिरावट हुँदा अभियान लघुवित्तको सेयर मूल्य ७.६० प्रतिशत र मानुषि लघुवित्तको सेयरमूल्य ४.०३ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?