+
+

कुलानन्द स्मृति पुरस्कार कैलाश लिम्बुलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १८:१४

काठमाडौं । कुलानन्द स्मृति पुरस्कार प्र.प्र.नि.कैलाश लिम्बुलाई प्रदान गरिएको छ । ६ कात्तिकमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औं समूहको दीक्षान्त समारोहमा उक्त तालिममा प्रथम हुने उत्कृष्ट प्रशिक्षार्थी प्र.प्र.नि. कैलाश लिम्बुलाई प्रदान भएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले उक्त पुरस्कार हस्तान्तरण गरे । उक्त पुरस्कार कुलानन्द ठाकुरका दुई छोरा डा. चिरञ्जीवी नेपाल (पूर्वगभर्नर) र ई. आनन्द नेपालले २०७६ सालमा स्थापित गरेका थिए ।

कुलानन्द ठाकुर नेपाल प्रहरी निरीक्षकको पहिलो तथा प्रहरी अधिकृतको तेस्रो ब्याचको सर्वप्रथम भएका थिए । साथै उनी भारतको ‘रअ’ बेलायतको ‘स्कटल्याण्ड यार्ड’ तथा अमेरिकाको ‘एफबीआई’ बाट तालिम लिने पहिलो प्रहरी अधिकृत पनि हुन् । नेपालमा पहिलो ‘काउन्टर इन्टेलिजेन्स’ को तालिम लिने पनि उनी नै थिए ।

उक्त पुरस्कार निजको नाममा प्रत्येक पटक प्रहरी निरीक्षक आधारभूत तालिममा सर्वप्रथम हुने उत्कृष्ट प्रशिक्षार्थीलाई दिने उद्देश्यले स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?