+
+

प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा सुधार, २–३ दिनमा डिस्चार्ज गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १८:३९
फाइल तस्वीर

६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

गत बुधबार स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना भएकी सिताको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ । ‘उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको छ । सायद २–३ दिनमा डिस्चार्ज गछौं,’ अस्पताल स्रोतले अनलाइखबरसँग भन्यो ।

सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् । स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार सीतालाई लागेको रोक मस्तिष्कमा लाग्ने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ ।

पीएसपी एक दुर्लभ रोग हो । यसले मानिसको सन्तुलन, हिँडडुल गर्न, बोल्नमा कठिनाइ हुने गर्छ । यसकै कारण मस्तिष्कको कोषिकामा पनि असर पुग्ने चिकित्सक बताउँछन् । ६० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या बढी देखिने गर्छ ।

तह नामक प्रोटिनको बनावटका कारण दिमागको कुनै भागको ब्रेन खराब भएमा प्रोग्रसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) हुने गर्छ । तह मस्तिष्कमा हुन्छ र उच्च स्तरसम्म पुग्नु अगावै यो टुक्रिएर विग्रने गर्छ ।

पीएसपीबाट ग्रसित व्यक्तिहरुमा भने यो सही तरिकाले टुक्रदैँन । जसका कारण मस्तिष्कमा यसको झुप्पा बन्ने गर्छ । यो झुप्पा अलग अलग आकार तथा संख्यामा हुनेगर्छ । साथै, यो मस्तिष्कको विभिन्न भागमा हुनसक्छ । जसले गर्दा यसको लक्षण पनि व्यक्ति अनुसार फरक हुने गर्छ ।

शरीरको चाल ढिलो भएजस्तो हुने, सन्तुलनको अभावले लडिरहने, अल्झिएलगत्तै लडिहाल्ने जस्ता समस्या देखिन्छ ।

यो रोगको कारण यकिन हुँदैन । कतिपयलाई वंशाणुगत कारणले पीएसपी रोग देखिने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार पीएसपी रोग देखिने मानिसमा आँखाको नानी तलमाथि गर्नसमेत समस्या हुन्छ । आँखाको चाल बिग्रिँदै गएपछि धमिलो देख्ने, दुई–दुई वटा चिज देखिने, स्पष्ट नदेखिने जस्ता लक्षण देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?