+
+

कन्नड फिल्म ‘कान्तरा’को कमाइ निरन्तर उकालो लाग्दै, भारतमा कमायो १५० करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते ११:४५

काठमाडौं । कन्नड फिल्म ‘कान्तरा’ अहिले निकै चर्चामा छ । दर्शकले फिल्मलाई रुचाउँदै प्रशंसामा आफ्ना शब्दहरु खर्चिरहेका छन् ।

बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको कान्तरा गत ३० सेप्टेम्बरमा रिलिज भएको हो । पोन्नियिन सेल्वन-१ जस्तो साउथ फिल्म र ऋतिक रोशन र सैफअलि खान स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’सँगै कान्तरा रिलिज भएको थियो । अरु फिल्म हिन्दी लगायत अन्य भाषामा रिलिज हुँदा कान्तरा भने कन्नडमा मात्रै आएको थियो ।

कान्तराको सकारात्मक समीक्षा र अर्को भाषामा पनि रिलिज गर्नुपर्ने दर्शकको मागका कारण १४ अक्टोबरमा फिल्म हिन्दी भाषामा पनि प्रदर्शनमा ल्याइयो । यसको केही दिन पहिले तेलुगू र तमिल भाषामा पनि फिल्म रिलिज गरिसकिएको थियो । २० अक्टोबरमा मलायालममा पनि आएपछि फिल्म अहिले पाँच भाषामा चलिरहेको छ ।

कान्तरा सिनेमा हलमा लागेको चौथो हप्ता पूरा हुन लागेको छ । फिल्मले भारतीय बक्स अफिसमा हालसम्म १५० करोड भारुको व्यापारिक आँकडा पार गरिसकेको छ । यसको विश्वव्यापी कमाइ २०० करोड भारु रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

रिसब सेट्टीको लेखन तथा निर्देशन रहेको कान्तरामा रिसब सेट्टी, किशोर, अच्युत कुमार, प्रमोद सेट्टी, सप्तमी गोड्वा लगायतको मुख्य भूमिका रहेको छ ।

फिल्मले नेपालमा पनि राम्रै कमाइ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?