+
+

गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाइ’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १७:२८

काठमाडौं । आसन्न प्रतिनिधिसभा चुनावलाई लक्षित गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाइ’ सार्वजनिक भएको छ ।

उमेश राउतको शब्द र संगीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ । गीतमा गगन थापाको राजनीतिमा उदय र उनले गरेका संघर्ष, उनका महत्त्वपूर्ण कामहरू बाथरोग, मुटुरोग, मिर्गौला, कलेजोलगायतका रोगका लागि गरेका काम र स्वास्थ्य बीमाको बारेमा चर्चा गरिएको छ

। यस्तै गीतमार्फत गगनको नेतृत्वमा लोकतन्त्र, राष्ट्रियता, समाजवादको नारा र समुन्नत नेपालको सपना पूरा हुने भन्दै ‘प्रोजेक्ट गभर्नेन्ट’को यात्रामा सँगै हिंड्न आग्रह गरिएको छ । नयाँ जीवन दिनसक्ने पात्रको रूपमा चित्रण गर्दै यही चुनावबाट उनलाई देशको प्रधानमन्त्री बनाइनुपर्ने भाव समेत व्यक्त गरिएको छ ।

विवेक रेग्मीले सम्पादन गरेको भिडियोमा गीतको शब्दअनुसारका पुराना दृश्यलाई कम्पाइल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?