+
+

सौराहाको मोटरसाइकल ग्यारेजमा आगलागी, ३२ वटा मोटरसाइकल जले

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ८ गते १०:३१

८ कात्तिक, चितवन । चितवनको रत्ननगरस्थित मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । रत्ननगर नगरपालिका-१ सौराहा चोकमा रहेको न्यू कालिका अटो पार्टसमा आज बिहान ३ : ५० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलले बिहान ६ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट नयाँ पुराना गरी ३२ वटा मोटरसाइकल जलेका छन् । नयाँ १२ वटा र पुराना २० भन्दा बढी मोटरसाइकल जलेर क्षति भएका छन् । क्षतिको यकिन विवरण आउन  बाँकी छ ।

तिहारमा बालिएका बत्तीबाट विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?