+
+

दशैं र तिहारमा ३१६ व्यापारिक फर्मलाई ५१ लाखको जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ८ गते १०:१५

८कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैं र तिहारमा बजार अनुगमनबाट ३१६ वटा व्यापारिक फर्मलाई जरिजाना गरेको छ ।

यो अवधिमा महिनामा बजार अनुगमनबाट ५१ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

विभागकाअनुसार यस अवधिमा २७ वटा वस्तु तथा सेवा क्षेत्रमा १४ सय २६ वटा अनुगमन भएको थियो । सबैभन्दा धेरै अनुगमन खाद्य वस्तु क्षेत्रमा भएको थियो ।

यस अवधिमा  खाद्यान्नका १४७, लत्ता कपडाका ३० र मार्ट तथा मिनीमार्टमा १३ वटामा अनुगमन भएको थियो। जसमध्ये ४१३ वटा फर्मबाट थप कागजात माग गरिएको र ७२ वटा फर्मको वस्तु नष्ट गरिएको विभागले जनाएको छ ।

नष्ट गरिएका वस्तुको बजार मूल्य ३० लाख रुपैयाँ हाराहारी छ । यस्तै ६१६ वटा फर्म अनुगमनमा क्रममा सामान्य अवस्थामा भेटिएका थिए ।

यस अवधिमा बजार अनुगमनका लागि ३९२ वटा टोली परिचाल नगरिएको पनि विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?