+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

थाइल्याण्डकी मिडिया उद्यमीद्वारा मिस युनिभर्स पेजेन्ट २० मिलियन डलरमा खरिद

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ९ गते १७:४७

काठमाण्डौं । एक थाई सेलिब्रेटी मिडिया टाइकुन र ट्रान्सजेन्डर अधिकार अधिवक्ताले मिस युनिभर्स संगठनलाई २० मिलियन डलरमा खरिद गरेकी छन् । योसँगै पहिलो पटक सौन्दर्य प्रतियोगितालाई महिलाको स्वामित्वमा हुनेछ ।

जाकापोङ एनी जार्काजुतातीप त्यहाँको कम्पनी जेकेएन ग्लोबल समूहकी कार्यकारी अधिकृत तथा सबैभन्दा ठूलो सेयर हिस्सेदार समेत हुन् । उनले थाइल्याण्डका टेलिभिजन रियालिटी शोजहरु प्रोजेक्ट रनवे र सार्क ट्याङ्कमा अभिनय गरेकी छन् ।

उनले एक ट्रान्सजेन्डर महिलाको रूपमा आफ्नो अनुभवको बारेमा खुलेर कुरा गरिरहेकी छिन् र ट्रान्सजेन्डर व्यक्तिहरूको लागि मर्यादा र अवसरहरूको अधिकारको वकालत गर्न थाइल्याण्ड फाउन्डेशनको लागि लाइफ इन्स्पायर्ड स्थापना गरेकी छिन्।

‘यो खरिद कार्य हाम्रो पोर्टफोलियोमा एक बलियो, रणनीतिक महत्वको रुपमा थपिएको छ,“ जाकापोङले भनिन्, ‘मिस युनिभर्स, यसको सामग्री, इजाजतपत्र र व्यापारिक अवसरसहित एशियामा विस्तार गर्ने हाम्रो योजना छ ।’

जेकेएन कम्पनीले वृत्तचित्र र बलिउड फिल्मसहित विदेशबाट थाइल्याण्डमा ल्याउनेदेखि आफ्नै कार्यक्रम उत्पादन गर्दछ । यसको शेयर बुधबार प्रारम्भिक व्यापारमा लगभग १० प्रतिशत उछाल भयो ।

सन् १९९६ देखि २००२ सम्म डोनाल्ड ट्रम्पको सह-स्वामित्वमा रहेको मिस युनिभर्स अर्गनाइजेसनद्वारा सञ्चालित वार्षिक सौन्दर्य प्रतियोगिता १६५ देशहरूमा प्रसारण भई ७१ वर्षदेखि चल्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?