+
+

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते ९:५५

११ कात्तिक ,बुटवल  । अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ।

सन्धिखर्क नगरपालिका १० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेमा बिहीबार राति प्रदेश नम्बर २-०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका-१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालका अनुसार बा२५प ८८७६ नम्बरको अर्को मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्।

घाइते दुवैजनाको  बुटवलमा रहेको मर्सि सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?