+
+

रुविनाको ह्याट्रिकमा क्यान-११ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते १४:२७
क्यान-११ महिला क्रिकेट टिम । तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर

११ कात्तिक, पोखरा । रुविना क्षेत्रीले ह्याट्रिकसहित ५ विकेट लिएपछि क्यान–११ ले नेपाल भ्रमणमा रहेको (मेरिलिबन क्रिकेट क्लब) एमसीसीको महिला टिमलाई शुक्रबार १९ रनले पराजित गरेको छ ।

नेपाल भ्रमणमा रहेको एमसीसी र क्यान ११ बीच शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा पहिलो टी-२० खेल भएको थियो । जहाँ कप्तान रुविना चम्कँदा नेपाली टोलीले सहज जित हात पारेको हो ।

१०० रनको लक्ष्य पछ्याएको एमसीसीले १९.५ ओभरमा सबै विकेट गुमाएर ८० रन मात्रै बनाउन सक्यो । भ्रमणकारी एमसीसीका लागि एलिजा हवार्डले अविजित रहँदै सर्वाधिक २० तथा एबी ह्वाइब्रोले १९ रन बनाइन् ।

क्यान ११ का लागि रुविना क्षेत्रीले ह्याट्रिकसहित सर्वाधिक ५ विकेट लिइन् । रुविनाले अन्तिम ओभरमा लगातार चार बलमा चार विकेट लिएकी हुन् ।

१५औं ओभरमा सबा नसिमको विकेट लिएकी रुबिनाले अन्तिम ओभरमा अमान्डा पोट्गेइटर, रिया बाभल, साबा क्रे र इजाबेली गुर्नेलाई बोल्ड गरेकी थिइन् ।

यस्तै कविता कुँवर र नेरी थापाले २–२ तथा सिता राना मगरले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यान ११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

क्यान ११ का लागि नेरी थापाले १८ रन बनाउदा सम्झना खड्का र कविता कुँवरले १७–१७, सुमन खतिवडाले १६ र सीता राना मगरले १० रन बनाइन् ।

एमसीसीका लागि राचेल पोटरले सर्वाधिक ३ तथा रिया राभल र अमान्डा पोट्गेइटरले २–२ विकेट लिए ।

एमसीसी महिला क्रिकेट टिम । तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?