+
+

‘महापुरुष’ले पहिलो सप्ताहन्त पार गर्‍यो तीन करोडको आँकडा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १२:००

काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ३ करोड १० लाख रुपैयाँ हाराहारीको ग्रस कमाइ गरेको छ ।

एक करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन डेढ करोड कलेक्सन ग¥यो । तेस्रो दिन फिल्मको कमाइ ६० लाख रुपैयाँ आसपास देखिन्छ । पहिलो सप्ताहन्त तीन करोडको आँकडा पार गर्नु महत्वपूर्ण उपलब्धि हो ।

सोमबारको अकुपेन्सी ४० प्रतिशतमा सीमित हुने देखिन्छ । आगामी शुक्रबार ठूलो फिल्म रिलिज नभएकाले पनि यसको फाइदा ‘महापुरुष’ले लिन देखिन्छ ।

दोस्रो सातामा फिल्मको कमाइ कसरी अघि बढ्छ भन्ने कुरा विकडेजमा फिल्मले हासिल गर्ने वर्ड अफ माउथमा निर्भर हुनेछ । तर अहिलेसम्म सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले दोस्रो सातामा पनि फिल्मले राम्रै पिकअप लिने अपेक्षा छ ।

प्रदीप भट्टराई निर्देशित फिल्मले पत्नी गुमाएपछि एक्लिएको सिंगल पुरुषको जीवनमा पुनः प्रेमको प्रवेश भएपछि हुने उतारचढावको कथा पेस गर्छ । हरिवंशले मुख्य चरित्रको भूमिका निर्वाह गरेका छन् । गौरी मल्ल उनको अपोजिटमा छिन् ।

षट्कोण आर्ट्सको ब्यानरमा म्याक्स दीपेश खत्रीले निर्माण गरेको फिल्मको कार्यकारी निर्मातामा रविन्द्रसिंह बानियाँ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?