+
+

तेस्रो विवाहको चर्चाबीच अमेरिकामा रोमान्टिक देखिए भुवन र जिया

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १४:४३

काठमाडौं । तिहारअघि नै अमेरिका घुम्न निस्किएका चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी काठमाडौं फर्किंदैछन् ।

ग्लोबल फिल्म अवार्ड समारोहमा भाग लिन प्रेमिका जिया केसीलाई लिएर डेन्भर उडेका भुवन त्यहाँ झण्डै दुई साता रहे । नेपाली समुदाय, आफन्त र अमेरिकास्थित परिवारलाई भेट्ने काममा उनी व्यस्त रहे ।

भुवनको अमेरिका भ्रमण फिल्म अवार्ड र घुमघामभन्दा तेस्रो विवाह सम्बन्धी उनको एक अन्तर्वार्ताले चर्चामा आयो । जसको तरंग भारतमा रहेकी उनकी पूर्वपत्नी सुस्मितासम्म पुग्यो । सुस्मिताले यसबारे टिप्पणी समेत गरिसकेकी छन् ।

अमेरिकामा रहँदा भुवन र जिया घुमघाममा निकै रोमान्टिक पनि देखिए । युनिभर्सल स्टुडियो घुम्ने, गल्फ खेल्नेदेखि अन्य रोमान्टिक ठाउँ घुम्नेसम्मका तस्वीर देखिए । जियाले भुवनसँगका रोमान्टिक तस्वीर सार्वजनिक गरेकी छन् ।

तेस्रो विवाहको चर्चाबीच यो जोडीको चर्चा अहिले पुनः सुरु भएको छ । भुवनले त चाँडै गुड न्युज समेत आउने बताइसकेका छन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?