+
+

अमेरिकी राजदूत थम्पसनले प्रचण्डलाई भेटे

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १०:४३

१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले भेटेका छन् ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान थम्पसनले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताएका थिए ।

राजदूत आर.थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको बताएका छन् । उनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?