+
+

मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १२:४४

१५ कात्तिक, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट मोटरसाईकल चोरी गरेको अरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पटेर्वासुगौली गाउँपालिका– ३ बस्ने १९ वर्षीय रामजनम मुखिया र वीरगञ्ज महानगरपालिका– ३१ बस्ने २४ वर्षीय सुनिल दास थारुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट कात्तिक ७ गते चोरी भएको बागमती प्रदेश ०३–००३ प ३६७८ नम्बरको एनएस पल्सर मोटरसाईकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिए ।

कात्तिक ७ गते अपरान्ह ४ बजे वीरगञ्ज महानगरपालिका वडा नं. १४ बस्ने प्रधुमन कुमार पटेलले मोटरसाईकल हराएको भन्दै खबर गरेका थिए । पार्किङ गरी राखिएको ठाउँबाट मोटरसाईकल चोरी भएको सूचना आए लगत्तै प्रहरीले खोजतलास गरेको थियो ।

वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्ज-२१ स्थित सडकखण्डमा चेक जाँचको क्रममा कात्तिक ११ गते साँझ साढे पाँच बजे मोटरसाईकल बरामद गरेको थियो । रामजनम र सुनिल चोरी भएकै मोटरसाईकलमा सवार थिए।

अनुसन्धानको क्रममा उनीहरुले नै मोटरसाईकल चोरी गरेको तथ्य खुलेपछि आवश्यक कानुनी कारबाही प्रक्रिया सरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?