+
+

यसपालिको भ्वाइस अफ नेपाल नारी नै हुनुपर्छ : हर्क साम्पाङ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १२:५३

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा अहिले ब्याटल राउण्ड चलिरहेको छ । ब्याटल राउण्डको अन्तिम भाग यसै साता सकिंदैछ ।

त्यसपछि मात्र नकआउट चरण सुरु हुनेछ । चौथो सिजनले पनि यतिबेला दर्शकमाझ क्रेज पाइरहेको छ । देशीविदेशी प्रतिस्पर्धी सामेल भएकाले पनि यसको क्रेज नेपालबाहिरसम्म देखिएको छ ।

ब्याटल राउण्डसम्म आइपुग्दा दर्शकले जितहारको मूल्यांकन गर्न थालिसकेका छन् । आफूलाई मनपर्ने प्रतिस्पर्धीको पक्षमा उनीहरुले धारणा राख्न थालेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि चौथो सिजनको विजेता नारी नै हुनुपर्ने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले कहिलेकाहीं महिला प्रतियोगीलाई जिताउनुपर्ने धारणा राखेका छन् ।

उनी लेख्छन्, ‘तिमीले खाएको कसम साँचो भएको भए । यसपालिको भ्वाइस अफ नेपाल चाहिं नारी नै हुनुपर्छ । कहिलेकाहीं त फिमेल कन्टेस्टेन्टलाई पनि जिताऔं न हो । कि कसो ?’

मेयर साम्पाङको यो स्टाटसमा धेरै मिश्रित प्रतिक्रिया प्राप्त भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?