+
+

मञ्च बनाउँदा लागेको खर्च पनि उम्मेदवारले बुझाउनुपर्छ : प्रमुख आयुक्त थपलिया

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १४:२८

१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आफ्नो चुनाव क्षेत्रमा सभा आयोजना गर्दा मञ्च बनाउँदा लागेको खर्च विवरण पेश गर्न उम्मेदवारलाई निर्देशन दिएको छ ।

आफ्नो चुनाव क्षेत्रमा भएको आमसभा वा कोणसभाका लागि मञ्च बनाउँदा लागेको खर्च चुनाव सकिएको १५ दिनभित्र पेश गर्न उम्मेदवारहरुलाई निर्देशन दिएको प्रमुख आयुक्त दिनेश थपलियाले बताए ।

उनले संघीय र प्रदेश सरकारका मन्त्रीले चुनाव प्रचार प्रसारमा जाँदा अनुमति लिनुपर्ने बताए । अनुमति लिएर चुनाव प्रचारमा गएकाहरुले सरकारी स्रोत साधन प्रयोग गरेको वा नगरेको निगरानी गर्ने पनि प्रमुख आयुक्त थपलियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?