+
+

रवि लामिछाने भन्छन्- संसदमा जान तम्तयार छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते ११:२३

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताएका छन् । आज चुनावका ‘वाचा पत्र’ सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताए ।

आफू देशदौडाहामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको बताए । यी कुरा जनताका अधिकार भएको भन्दै उनले अहिले नेताहरुले तिनै कुरा दिन्छौं भनेर चुनावमा आश्वासन बाँडेको बताए ।

उनले छोटो समयमा ६२ जिल्लामा पार्टीलाई विस्तार गर्न सफल भएको दाबी समेत गरे । जसले देशका बेथिति अन्त्य गर्न सक्छ उसैमा आफ्नो पार्टीलाई बिलीन गरिदिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?