+
+

इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, साढे ६२ हजारलाई १० कित्ता सेयर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते ११:१५

१७ कात्तिक, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । बिहीबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले २८ असोज देखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियो । जसको २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर थियो ।

जसबाट बाँकी रहेको ६ लाख २३ हजार २८९ कित्ता र कर्मचारीलाई छुट्याइएको सेयरमा आवेदन नपरेको समेत गरी कुल ६ लाख २५ हजार १९० कित्ता सेयरको लागि कम्पनीले सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त आईपीओका लागि कुल १३ लाख ५८ हजार २२० आवेदकमार्फत १ करोड ४८ लाख ७४ हजार ४० कित्ता सेयरका लागि ओवदन परेको थियो । जसमध्ये १ हजार ९९६ आवेदन रद्द भएको र बाँकी १३ लाख ५६ हजार २२४ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

स्वीकृत आवेदनमध्ये धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार सेयर बाँडफाँट गर्दा कुल ६२ हजार ५१९ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

कम्पनीले आयोजना प्रभावितलाई निष्कासन गरेको आईपीओ असोज ९ गते आइतबार बाँडफाँट गरेको थियो । कम्पनीले भदौ ७ गतेदेखि भदौ २८ गतेसम्म भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीयलाई सेयर निष्कासन गरेको थियो । कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?