+
+

मधेश राजनीतिको कथामा फिल्म बनाउँदै ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते ११:२१

काठमाडौं । सर्वाधिक कमाइको कीर्तिमान रचेको नेपाली फिल्म ‘कबड्डी ४’का निर्माता तथा निर्देशक रामबाबु गुरुङको आगामी फिल्मको लाइनअप निश्चित भएको छ ।

‘कबड्डी ५’को निर्माण थाल्नुअघि गुरुङको निर्देशनमा नयाँ फिल्मको छायांकन सुरु हुँदैछ । मधेशको विषयवस्तुमा बन्न लागेको फिल्मको पटकथा श्याम शाहले लेखेका छन् । फिल्मको शीर्षक भने राखिसकिएको छैन ।

‘मधेशको राजनीति र समाजको कथावस्तुमा फिल्म बनाउँदैछौं,’ निर्देशक गुरुङले अनलाइनखबरसँग भने, ‘यो फिल्मको छायांकन सकेपछि मात्र हामी कबड्डी ५ को तयारीमा जुट्नेछौं ।’

दुई चरणमा फिल्मको छायांकन हुनेछ । एक चिसो र गर्मीयामका दृश्य भिन्न मौसममा खिच्ने तयारी छ । खुला अडिसनमार्फत कलाकार छनोट गर्ने योजना छ ।

बाँसुरी फिल्म्सको ब्यानरमा बन्ने फिल्मबारे निर्देशक गुरुङले भने, ‘यो राजनीतिक व्यंग्यको कथावस्तुमा समेत बन्नेछ । यसले समाज र राजनीतिलाई सटायर गर्छ ।’ महत्वपूर्ण कुरा के छ भने यो फिल्ममा दयाहाङ राई र निर्देशक गुरुङको सहकार्य हुनेछैन ।

गुरुङकै नयाँ फिल्म ‘जारी’ आगामी वैशाख १ गते प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?