+
+

पूर्वप्रेमी एलन मस्कले ट्वीटर किनेपछि हलिउड अभिनेत्री एम्बर हर्डले छाडिन् प्लेटफर्म

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १९:४६

काठमाडौं । अर्बपति धनाढ्य एलन मस्कले ट्वीटर किनेपछि यो प्लेटफर्मलाई छाड्नेको संख्या पनि बढेको छ । कतिपय हलिउड सेलिब्रिटीले ट्वीटरबाट बिदा लिएका छन् ।

मस्क ट्वीटर मालिक बनेलगत्तै र्‍यापर कान्ये वेस्ट फर्किएका छन् भने केही हलिउड निर्माता तथा अभिनेताले प्लेटफर्म छाडेको बताएका छन् । छाड्ने सेलिब्रिटीको सूचीमा हलिउड अभिनेत्री एम्बर हर्ड पनि थपिएकी छन् ।

पूर्वपति तथा अभिनेता जोनी डीपसँगको तनावपूर्ण सम्बन्धको कारण चर्चामा रहेकी अभिनेत्री हर्ड यतिबेला ट्वीटर प्लेटफर्म छाडेपछि पुनः चर्चामा छिन् । ट्वीटर प्रयोगकर्ताले यतिबेला हर्डले प्लेटफर्म छाड्नुको कारणबारे चर्चा गरिरहेका छन् । कतिपयले चाहिं पूर्वप्रेमी समेत रहेका धनाढ्य मस्कसँगको असमझदारीपूर्ण सम्बन्धको कारण ट्वीटर छाडेको हुनसक्ने अनुमान गरेका छन् ।

जोनी डीपसँग सम्बन्धविच्छेद भएपछि सन् २०१६ मा मस्क र हर्डबीच अफेयर चलेको हलिउड मिडियाको भनाइ छ । तर यी दुईबीचको रोमान्स त्यति चर्चामा आएन । मस्कले ट्वीटर लिएपछि सारा बेरलिस, केन ओलिन, टोनी ब्राक्स्टन लगायतले प्लेटफर्म छाडिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?