+
+

जर्मनीका फरवार्ड टिमो वेर्नरले विश्वकप गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते ७:१७

१८ कात्तिक, काठमाडौं । जर्मनीका फरवार्ड टिमो वेर्नरले कतारमा यही महिना कतारमा सुरु हुने पिफा विश्वकप फुटबल गुमाउने भएका छन् । एंकलको चोटका कारण वेर्नरले कतार विश्वकप गुमाउने भएका हुन् ।

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार आरबी लाइपजिगले साख्तर डोनेस्कलाई ४-० ले पराजित गर्दा वेर्नर घाइते भएका थिए । २६ वर्षीय वेर्नर १९ मिनेटपछि नै मैदानबाट बाहिरिएका थिए ।

वेर्नरको क्लब लाइपजिगले बिहीबार उनको चोट पुष्टि गर्दै २०२२ भरीका लागि खेल बाहिर हुने जनाएको छ ।

वेर्नरले जर्मनीका लागि ५५ खेल खेल्दै २४ गोल गरिसकेका छन् । प्रिमियर लिग क्लब चेल्सीका लागि समेत खेलेका उनी यसै वर्ष फेरि लाइपजिगमै फर्केका थिए ।

वेर्नर सन् २०१८ को विश्वकप र युरोकप २०२० मा जर्मनीको टिममा थिए ।

यही नोभेम्बर २० देखि कतारमा सुरु हुने विश्वकपमा जर्मनीले जापानसँग पहिलो खेल नोभेम्बर २३ मा खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?