+
+

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न ताजिकिस्तानको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १६:२४

१८ कात्तिक, काठमाडौं । ताजिकिस्तानले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्नका लागि प्रस्ताव गरेको छ ।

मध्य एसियाली राष्ट्र ताजिकिस्तानले मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रस्ताव पठाएको हो ।

यद्यपी ताजिकस्तानले प्रस्ताव गरेको मितिमा नेपालमा निर्वाचन हुने भएकोले यस बारेमा निर्णय ऐएको छैन ।

ताजिकिस्तानले नोभेम्बर २० अर्थात मंसिर ४ गतेको मिति प्रस्ताव गरेको छ । त्यही दिन नेपालमा संघिय र प्रादेशिक निर्वाचन हुँदैछ भने कतारमा फिफा विश्वकप समेत सुरु हुनेछ ।

यसअघि पाकिस्तानले दुई खेल खेल्ने प्रस्ताव पठाउँदा एन्फाले निर्वाचनकै कारण देखाउँदै कात्तिक ३० गते एक खेल मात्र खेल्ने सकिने निर्णय गरेको थियो ।

पाकिस्तानले कात्तिक २८ र मंसिर ६ गते गरी दुई खेल खेल्ने प्रस्ताव पठाएकोमा एक खेल मात्र हुन लागेको थियो ।

ताजिकस्तानले पठाएको प्रस्तावमा छलफल भइरहेको र मंसिर तेस्रो साताको मिति आफूहरुले प्रस्ताव गर्ने एन्फा स्रोतले बताएको छ ।

नेपालसँग मैत्रीपूर्ण खेलका लागि पछिल्लो समय विभिन्न देशबाट प्रस्ताव आउने क्रम जारी छ । नेपालले गत असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालमा मैत्रीपूर्ण खेल खेलेको थियो ।

त्यसअघि ब्रुनाई, मंगोलिया लगायत देशले पनि नेपालसँग खेल्ने इच्छु देखाए पनि खेल सम्भव भएन । अझै पनि ब्रुनाईले नेपालसँग मैत्रीपूर्ण खेल खेल्नका लागि प्रयास गरिरहेको छ ।

स्पेनको चौथो श्रेणीको फुटबल सेगुन्डा फेडेरेसनको टिम सिपी (क्लब पोलिडेपोर्टिभो) कासेरेनोले पनि नेपाली टिमसँग मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको छ । तर यस बारे आधिकारिक निर्णय भने भइसकेको छैन ।

एन्फा प्रवक्ता सुरेश साहले अहिलेसम्म पाकिस्तान बाहेक अन्य टिमसँग मैत्रीपूर्ण खेल खेल्ने विषयमा निर्णय नभएको बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?