
१९ कात्तिक, वीरगञ्ज । वीरगञ्ज भन्सार क्षेत्रमा अन्दाजी ४० वर्षका व्यक्ति मृत फेला परेका छन् । वीरगञ्ज महानगरपालिका– १६ इनर्वा भन्सार नजिकै सशस्त्र प्रहरी बलको चेक प्वाइन्टदेखि पश्चिमतर्फ शव भेटिएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मृत्युुको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने उनको भनाइ छ ।
पहिचान नखुलेको व्यक्ति भारतीय नागरिक हुन सक्ने प्रहरीको अनुमान छ । बिहान चिया खाएर सडकमा हिँड्दै गर्दा अचानक लडेका उनको होस नखुलेको प्रत्यक्षदर्शीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4