+
+

धनकुटामा नमुना मतदान हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १४:४८

१९ कात्तिक, धनकुटा । धनकुटाका सातवटै स्थानीय तहको केन्द्रमा नमुना मतदान हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न नमुना मतदान कार्यक्रम आयोजना गर्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन सात वटै स्थानीय तहको नमुना मतदान आयोजना गर्न लागिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए ।

नमुना मतदानमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, सेवाग्राहीसहितले नमुना मतदानमा भाग लिनेछन् ।

यस्तै गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र सेवाग्रहीले नमुना मतदानमा भाग लिनेछन् । नमुना मतदान कार्यक्रममा सहभागी हुने मतदाताले प्रदेश र प्रतिनिधीसभाको जस्तै प्रत्यक्षलाई र समानुपातिक गरि ४ पटक मतदान गर्नुपर्ने श्रेष्ठले बताए । निर्वाचनको मौन अवधि सुरु हुनु अगाडि नमुना मतदान गरिने श्रेष्ठले बताए ।

जिल्लामा कुल एक लाख १६ हजार नौ सय ९१ मतदाता रहेका छन्। तीन नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कुल एक सय १९ मतदानस्थल छन् भने एक सय ६२ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । श्रेष्ठका अनुसार जिल्लामा मत बदर कम गर्न मतदाता शिक्षालाई समेत जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?