+
+

‘लाखे’ अभिनेताले भने- निर्माताको मनमुटावले गर्दा राम्रो फिल्मको हत्या भयो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १३:२७

काठमाडौं । अहिले हलमा चलिरहेको फिल्म ‘लाखे’का अभिनेता रोहित रुम्बाले निर्माताहरुको मनमुटावले गर्दा राम्रो फिल्मको हत्या भएको बताएका छन् ।

आइतबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले फिल्मको कमाइ र प्रवर्द्धनमा निर्माताको असमझदारीबारे असन्तोष व्यक्त गरेका हुन् । तर फिल्मले राम्रो एक्सन फिल्मको रुपमा प्रशंसा बटुलिरहेको छ ।

अभिनेता रुम्बाको असन्तुष्टि यस्तो बेलामा आएको छ, जतिबेला हलहरुले रिलिजको तीन दिनमै फिल्मको शोमा भारी कटौती गरेका छन् । क्यूएफएक्सले सोमबार फिल्मलाई चार शोमा सीमित गरिदिएको छ जुन निकै दुःखद् हो ।

प्रतिक्रिया राम्रो भएपछि शुक्रबार र शनिबार पनि लाखेले अपेक्षित ओपनिङ गर्न सकेको थिएन । सम्राट बस्नेत निर्देशित यो मल्टिस्टारर फिल्ममा सौगात मल्ल, प्रशान्त ताम्राकार, आर्यन अधिकारी, अनुपविक्रम शाही, सुशील सिटौलाको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?