+
+

जनकपुरको वडा नं. १४ कार्यालयमा वडासदस्यहरुले लगाए ताला

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १६:२३

२० कार्तिक, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका-१४ को वडा कार्यालयमा वडासदस्यहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।

वडा वडाध्यक्ष पुण्यप्रताप यादवले मनपरी ढंगले काम गर्ने गरेको भन्दै वडासदस्यहरुले आइतबार विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा कार्यालयमा अवकाश प्राप्त सचिव रामचरण मण्डल र जनस्वास्थ्य कार्यालयका कार्यालयका एक सहयोगीलाई कार्यालय परिसरमै कुर्सी टेबुलको व्यवस्था गरी बसाएर सेवाग्राहीबाट अतिरिक्त रकम (घुस) लिने गरेको, निर्वाचित भएको ६ महिना बित्दा काम नगरी वडासदस्यले नगर्न दिएको आरोप लगाउने गरेको, महिनामा अनिवार्य हुने तीनवटा बैठक बस्न नदिएको, वडा कार्यालयमा नियमित नबस्ने गरेको लगायतको आरोप वडासदस्यहरुको छ ।

पटक पटक यस विषयमा वडाध्यक्षलाई ध्यानाकर्षण गराउँदा समेत वास्ता नगरेपछि चारजनै वडासदस्यले बाध्य भएर तालाबन्दी गरेको वडासदस्य रमेश साहले बताए ।

वडामा महिनामा हुने तीनवटा बैठक समयमा हुनु पर्ने, वडाको बैठकको निर्णय अनुसार काम गर्नुपर्ने, पूर्व वडासचिव र जनस्वास्थ्यका कासलाई कार्यालय परिसरबाट हटाउनु पर्ने, सरसफाईमा प्रयोग भएको ट्याक्टर र खर्च पारदर्शी हुनुपर्ने, वडा भित्रको सामुदायिक विद्यालयमा पठनपाठन सुधार हुनुपर्ने लगायतको आफूहरुको माग रहेको वडासदस्य जीवछ दासले बताए ।

माग सम्बोधन नभएसम्म तालाबन्दी कायमै राख्‍ने उनीहरुको भनाइ छ ।

यस वडामा वडाध्यक्ष यादव जनता समाजवादी पार्टीबाट निर्वाचित छन् भने वडासदस्यहरु कांग्रेसबाट निर्वाचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?