+
+

जिमेलमा स्पाम इमेल कसरी रोक्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते ११:५१

जिमेल प्रयोग गर्नुहुन्छ भने तपाईंले विभिन्न इमेल ठेगानाहरुबाट आउने स्पाम इमेलका साथै सब्सक्राइब नै नगरेका न्युजलेटर तथा विभिन्न ब्राण्डका विज्ञापनका इमेलहरू दिनहुँ आएर दिक्क हुनु भएकै छ होला । यस्ता इमेलहरू दिनहुँ डिलिट गर्दा गर्दा हैरान हुनेमात्र होइन कहिलेकाहीँ यस्तै इमेल थुप्रिंदा अन्य महत्वपूर्ण इमेलहरू नै नदेखिने वा छुट्ने समेत भएको हुनसक्छ ।

यदि तपाईं यस्ता अनावश्यक इमेलहरू दिनहुँ डिलिट गर्नुपर्ने झण्झटबाट पार पाउन चाहनुहुन्छ र आफ्नो इनबक्सलाई सफा र स्पाममुक्त बनाउन चाहनुहुन्छ भने त्यसका लागि यी उपाय अपनाउनुहोस् :

स्पाम इमेललाई mass report तथा अनसब्सक्राइब गर्ने

· आफ्नो जिमेल लगइन गर्नुहोस् र आफुले अनसब्सक्राइब गर्न चाहेका सबै स्पाम इमेलहरु सेलेक्ट गर्नुहोस्
· त्यसपछि माथिल्लो भागमा रहेको I चिह्नको आइकनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले Report Spam jf Report spam and unsubscribe भन्ने अप्सनहरु देख्नुहुनेछ ।

· तपाईंले छानेका इमेलका आइडीहरु पुनः एकपटक जाँच्नुहोस् । यदि त्यसमा तपाईंलाई काम लाग्ने अर्थात् महत्वपूर्ण इमेल आइडीहरू छैनन् भने Report spam and unsubscribe अप्सनमा क्लिक गर्नुहोस् ।

· त्यति गरिसकेपछि तपाईंले ती इमेल ठेगानाहरुबाट नयाँ इमेल प्राप्त गर्नुहुने छैन ।

स्पाम इमेलहरु पत्ता लगाउन Filter बनाउने

· जिमेल खोल्नुहोस् र माथिल्लो भागमा रहेको search box मा क्लिक गरी सबै विज्ञापनका इमेलहरू सूचीकृत गर्नका लागि unsubscribe टाइप गर्नुहोस्

· ती सबै स्पाम इमेलहरू सेलेक्ट गर्नुहोस् । कतै तपाईंले सब्सक्राइब गरेको वा काम लाग्ने न्युजलेटर वा कुनै इमेल त सेलेक्ट भएको छैन ? एकपटक ध्यान दिएर हेर्नुहोस् ।

· माथिल्लो भागमा रहेको तीन थोप्ले मेन्यूमा क्लिक गरी Filter messages like these अप्सन छान्नुहोस् ।

· त्यसपछि Create Filter अप्सनमा क्लिक गरी ती इमेलमाथि के गर्न चाहनुहुन्छ छान्नुहोस् । तपाईं ती इमेलहरू स्वतः डिलिट होउन् भन्ने चाहुनुहुन्छ भने Create Filter अप्सन भित्रको Delete it अप्सनमा क्लिक गर्नुपर्दछ ।

· त्यसपछि तपाईंले फिल्टर सिर्जना गरेको जनाउ दिने पप अप देखा पर्दछ । तपाईंले फिल्टर सिर्जना गर्न स्वतः डिलिट हुने अप्सनका अलावा इमेलमा लेबल दिने तथा Read मार्किङ गर्ने पनि गर्न सक्नुहुन्छ ।

अस्थायी इमेल ठेगाना प्रयोग गर्ने

जब तपाईंले विभिन्न वेबसाइटहरू प्रयोग गर्दा आफ्नो प्रमुख इमेल ठेगाना शेयर गर्नुहुन्छ तब तपाईंको उक्त इमेल आइडी विभिन्न थर्ड पार्टीहरुसँग शेयर हुन्छ, जसका कारण तपाईंले स्पाम इमेल प्राप्त गर्ने जोखिम बढ्दछ ।

हिलेकाहीँ स्पाम इमेलहरू पनि सक्कली वा वैध जस्ता देखिन सक्दछन्, जसका कारण तपाईंले त्यस्ता फिसिङ लिंकहरूमा क्लिक गर्ने र त्यसबाट तपाईंको इमेल ह्याक हुने जोखिम रहन्छ । त्यसैले तपाईंले आफ्नो इमेल दिनुपर्ने विभिन्न वेबसाइटहरू चलाउँदा आफ्नो प्रमुख इमेल आइडीको साटो कुनै अस्थायी इमेल आइडी प्रयोग गर्नुहोस् । यसका लागिः

· नि:शुल्क अस्थायी इमेल आइडी प्रदान गर्ने temp-mail.org लगायतका कुनै वेबसाइटमा लगअन गर्नुहोस ।

· तपाईंले जिमेलमै सोही प्रयोजनका लागि एउटा नयाँ जिमेल आइडी खोल्न सक्नुहुन्छ ।

· यसो गर्दा तपाईंको प्रमुख जिमेल अकाउन्ट स्पाम मुक्त तथा सुरक्षित बन्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?