+
+

वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १३:१९

२१ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् ।

बहुदरमाई नगरपालिका–४ बहुअरी पिडारी बस्ने ४५ वर्षीय नागेन्द्रप्रसाद यादवको मृत्यु भएको हो । भने वीरगञ्ज–३२ चोर्नी बस्ने १९ वर्षीय सिकेन्द्र प्रसाद यादव घाइते भएका हुन् ।

वीरगञ्ज–२२ ड्राइपोर्ट परवानीपुर सडकखण्डको जगरनाथपुरस्थित क्वालिटी धर्मकाटा छेउमा ना ८ ख ३८४९ नम्बको टिपरले माटो खसालेको थियो ।

माटो खसालेर टिपर ब्याक गर्ने क्रममा विद्युतको तार चुडिएको थियो । चुडिएको तारले ड्राइपोट्रबाट परवानीपुर तर्फ जाँदै गरेको ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज ल्याउने क्रममा नागेन्द्रको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?