+
+

स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स प्रक्रिया रोकिए कडा प्रतिबाद गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १७:२०

२१ कात्तिक, काठमाडौं । सेयर लगानीकर्ताका नाममा खुलेका ९ वटा संगठनले पूँजीबजार विस्तारका काम रोकिए कडा प्रतिबाद गर्ने चेतावनी दिएका छन् । सर्वोच्च अदालतको आदेशपछि नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज र धितोपत्र दालाल व्यवसायीको लाइसेन्स प्रक्रिया रोकेको थियो । केही स्वार्थ समूहबाट पूँजीबजार विस्तारमा बाधा सिर्जना गर्ने र रोक्ने भएमा त्यसलाई प्रतिवाद गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

‘नेपालको पूँजी बजारलाई सही नीति नियम, अत्याधुनिक प्रविधि, पूर्वाधार र कडा नियमनद्वारा व्यवस्थित गर्न हामी लगानीकतासँग भएको सहमति र हाम्रो माग बमोजिम नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड तथा नेपाल सरकारका अन्य निकायहरुद्वारा चालिएका कदमहरुमा केही स्वार्थ समूहबाट बाधा सिर्जना गर्ने र रोक्ने काम भएमा ५४ लाख आम नेपाली लगानीकर्ताहरुको तर्फबाट हामी सबै संघ संस्थाहरु फेरि सडकमा उत्रिने कुरामा सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौं’ जारी विज्ञप्तिमा भनिएको छ ।

नेपालको पूँजी बजारलाई आधुनिक हुनै नदिने र सीमित व्यक्ति वा संस्थाको पकडमा मात्र राखिरहन खोज्ने संविधान र प्रतिस्पर्धा कानुन विपरीत प्रवृत्तिले ४० खर्ब भन्दा बढी पूँजीकरण पुगेको बजार आज २८ खर्बमा झरेको र लाखौं लगानीकर्तालाई पलायन हुन बाध्य पारेको उनीहरुको आरोप छ ।

धितोपत्र बजारमा हुन लागेका सुधार र विस्तारका काम रोकिए झन ठूलो क्षति भोग्नुपर्ने र वर्षौं पछाडि धकेलिने उनीहरुको तर्क छ । ‘पूँजी बजार जस्तो संवेदनशील क्षेत्रलाई खेलाँचीको रुपमा नलिई विगतमा भएका विभिन्न आन्दोलनमा राखिएका मागहरु तथा सुझावहरुका साथसाथै ५८ बुंदे सुझाव र १९ बुंदे सहमति तत्काल पूर्ण रुपमा कार्यान्वयन गर्न माग गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?