+
+
उम्मेदवार प्रोफाइल :

कृष्णबहादुर राई : पहिले गठबन्धनको भर, अहिले गठबन्धनकै डर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १८:३१

२०२६ भदौमा काठमाडौंको जोरपाटीमा जन्मिएका कृष्णबहादुर राई राजनीतिशास्त्रका स्नातकोत्तर हुन् । २०४१ सालमा अखिल पाँचौंको सदस्यता लिएर राजनीतिक सक्रियता बढाएका उनी २०५१ मा नेकपा (एमाले)को काठमाडौं जिल्ला कमिटी सदस्य र २०७२ मा अध्यक्षमा निर्वाचित भए ।

पञ्चायत विरुद्धको आन्दोलनका क्रममा पटक–पटक पक्राउ र जेल पनि परेका उनले काठमाडौं जिल्ला कमिटी सदस्य रहेका बेला २०५४ सालमा तत्कालीन जोरपाटी गाविस उपाध्यक्षमा निर्वाचित भएर काम गरे ।

देशका दुई ठूला वाम पार्टी एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन भएको २०७४ सालको संघीय संसदको निर्वाचनमा राईले काठमाडौं–३ बाट टिकट पाएर जिते पनि । त्यसलगत्तै माओवादी केन्द्र एमालेमा समाहित भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य बन्ने मौका पनि पाए उनले ।

चुनावी अंकगणित

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट वाम गठबन्धनका उम्मेदवार बनेका कृष्णबहादुर राई १९ हजार १६९ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत पाएकी थिइन् ।

गत स्थानीय तह चुनावमा यो क्षेत्रमा कांग्रेसका वडाअध्यक्षहरूले १५ हजार ७९५ मत पाए । त्यस्तै, एमालेका वडाअध्यक्षहरूले १४ हजार ८७६, माओवादी केन्द्रले १ हजार ७३०, एकीकृत समाजवादीले १ हजार ५६ र स्वतन्त्र प्रतिस्पर्धीहरूले १ हजार ३१४ मत पाएका थिए ।

स्थानीय तहको चुनावी नतिजाले राईलाई बढी प्रतिकूलतामा देखाउँछ । अघिल्लो पटक वाम गठबन्धनको बल पाएका उनी विरुद्ध यसपालि सत्ता गठबन्धन छ । गठबन्धनको मत तान्न नसके यसपटक उनी रोकिने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?