+
+

फ्रान्स सरकारका प्रवक्ताले ट्वीटरको ब्लु टिकका लागि पैसा नतिर्ने, अकाउन्ट भेरिफिकेसन हटाइदिन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १५:३७

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले ब्लु टिक अर्थात् अकाउन्ट भेरिफिकेसनका लागि मासिक ८ डलर शुल्क तिर्नुपर्ने नियम बनाएसँगै विश्वव्यापी रुपमा त्यसको आलोचना भैरहेको छ ।

अमेरिका लगायतका केही देशका आइफोन प्रयोगकर्ताका लागि यो सशुल्क सेवा सुरु भैसकेको छ । तर यो सशुल्क ब्लु सब्सक्रिप्सनका विषयमा मस्कले तिव्र विरोध झेलिरहनु भएको छ । भेरिफिकेसन शुल्क तिर्न नसक्ने भन्दै कतिपय प्रयोगकर्ताहरुले आफ्नो ट्वीटर ह्याण्डल बिक्रिमा समेत राख्न थालेका छन् ।

यसैबीच फ्रान्स सरकारका प्रवक्ता तथा मन्त्री ओलिभियर भेरनले ट्वीटरको भेरिफिकेसन शुल्क तिर्न अस्विकार गरेका छन् ।

रोयटर्सको रिपोर्ट अनुसार भेरनले ट्वीटरको मासिक शुल्क आफुले भुक्तान नगर्ने भन्दै यदि ब्लु टिकका लागि कुनै रकम तिर्नुपर्ने भएमा आफ्नो अकाउन्टबाट ब्लु टिक नै हटाइदिन समेत उनले आग्रह गरेका छन् ।

मस्कले ट्वीटर खरीद गरेपश्चात् आफूले ट्वीटर प्लाटफर्मको प्रयोगलाई जारी राख्ने कि नराख्ने भन्ने विषयमा समेत यकिन नभएको उनले बताएका छन् । एलन मस्कको महत्वाकांक्षाले आफुलाई चिन्तित बनाएको उनको भनाई छ ।

भेरनका अनुसार ट्वीटर एक प्रमुख सञ्चार टूल हो, जसका १ करोड भन्दा धेरै फ्रान्सेली प्रयोगकर्ता छन् । फ्रान्सका कैयन् सरकारी अधिकारीहरुसँग ब्लु टिकवाला आफ्नै ट्वीटर अकाउन्ट छ । फ्रान्सका एक पूर्व स्वास्थ्यमन्त्रीको ट्वीटर अकाउन्टमा ४ लाख २५ हजार फलोअर्स छन् ।

एलन मस्कका १ दिनमै बढे ८ लाख फलोअर्स

ब्लु टिकका लागि पैसा तिर्ने नियम बनाएर आलोचनाको सिकार बनिरहेका छन् ट्वीटरका नयाँ मालिक एलन मस्क । तर वास्तविक संसारको आलोचनाले भर्चुअल संसारको लोकप्रियतालाई असर पार्दो रहेनछ भन्ने कुरा उनका ट्वीटर फलोअर्सको संख्याले देखाएको छ ।

ट्वीटर खरीद गरेको पहिलो दिनमै एलन मस्कका ट्वीटर फलोअर्सको संख्या ८ लाख बढेको छ । मस्कले ६ महिना अघि ट्वीटर खरीद गर्ने घोषणा गरेयता उनका फलोअर्सको संख्या २ करोड ४६ लाख थपिएको छ । पछिल्लो एक महिनामा मस्कका ट्वीटर फलोअर्स ५७ लाखले बढेका छन् ।

यो सँगै एलन मस्क सबैभन्दा धेरै ट्वीटर फलोअर्स भएका व्यक्तिको दोश्रो नम्बरमा उक्लिएका छन् । उनका ११ करोड ४१ लाख फलोअर्स छन् ।

विश्वमा सबैभन्दा धेरै ट्वीटर फलोअर्स अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाका रहेका छन् । ओबामालाई १३ करोड ३४ लाख मानिसले ट्वीटरमा पछ्याइरहेका छन् ।

त्यस्तै तेश्रो स्थानमा ११ करोड ३० लाख फलोअर्ससँगै गायक जस्टिन बिबर रहेका छन् भने चौथो स्थानमा केटी पेरी र पाँचौ स्थानमा रिहाना छन् ।

पछिल्लो एक महिनामा एलन मस्कका ट्वीटर फलोअर्सको संख्यामा ५७ लाखले बढोत्तरी हुँदा ओबामाका फलोअर्सको संख्या ३८ हजारले घटेको छ । त्यस्तै जस्टिन बिबर र केटी पेरीका फलोअर्सको संख्या क्रमशः १ लाख र २३ हजारले घटेका छन् । उता रिहानाका फलोअर्स चाहीँ ४ लाखले बढेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?