
२२ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले ३५ प्रकारका सिफारिस डिजिटल माध्यमबाट दिने भएको छ ।
महानगरपालिकाको वडा तहबाट प्रवाह गर्ने ८८ प्रकारका सेवामध्ये ३५ प्रकारका सिफारिस सेवा डिजिटल माध्यमबाट दिने प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए ।
अहिलेसम्म महानगरपालिकाले २० प्रकारका सेवाको विवरण कम्प्युटरमा राखिसकेको छ । यी सेवा सञ्चालनमा ल्याएपछि आउने सुझावका आधारमा अन्य सेवा थप गर्दै लगिने महानगरपालिकाले जनाएको छ ।
पेनलेस (कलम चलाउनुनपर्ने सेवा) र नागरिकको हातैमा सेवा पु¥याउने उद्देश्यले विद्युतीय सेवा विस्तार गर्न लागिएको उनले बताए । सेवा प्रवाहको लागि काठमाडौं महानगरपालिकाले वडाध्यक्षहरुको अभिमुखीकरण समेत थालेको छ । वडा सचिवहरुको अभिमुखीकरण भने यसअघि नै सञ्चालन भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4