+
+

युनिभर्सिटी अफ लेस्टरमा सफलताको कथा सुनाउँदै दयानिधि सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते ११:३६

२३ कात्तिक, काठमाडौं । बेलायतका नेपाली व्यवसायी दयानिधि सापकोटाले युनिभर्सिटी अफ लेस्टरमा आफ्नो अनुभव प्रस्तुत गर्ने भएका छन् ।

लेस्टरमा स्थापित ओजीसिम्प्ली इटालियन तथा बिस्ट्रो ओजी रेष्टुरेन्टका सञ्चालक सापकोटाले युनिभर्सिटी अध्ययनरत विद्यार्थीमाझ आफ्नो व्यवसायिक अनुभव र हस्पिटालिटीका विविध आयामबारे सुनाउने भएका हुन् ।

आउँदो १४ नोभेम्बरमा युनिभर्सिटीको काउन्सिल रुम, फिलि्डङ जोन्सन बिलि्डङमा हुने प्यानल डिस्कसनमा सापकोटाले हस्पिटालिटीको चुनौती र सम्भावना, आफ्नो सफलताको कथा आदिबारे आफ्नो धारणा राख्ने छन् ।

बेलायती समुदाय र अन्तर्राष्ट्रिय विद्यार्थीमाझ हुने समूहगत छलफलले युवालाई प्रेरणा र नेपालबारे समेत प्रचारप्रसार हुने विश्वास गरिएको छ ।

अध्ययनका क्रममा जर्मनी गएका सापकोटाले त्यहाँ युरोपेली रहनसहन, भाषा, खाना र जीवन शैली अनुभव प्राप्त गरेका छन् ।

एनआरएनए आईसीसी युरोप क्षेत्रीय उपसंयोजकसमेत रहेका सापकोटासँगै सामूहिक छलफल (प्यानल डिस्कसन)मा विजनेशबारे नाइजेल स्मिथ, टिचिङबारे स्टिभ इभान्स र मार्केटिङ सम्बन्धमा डेभिड गोर्डनबार्य प्रमुख वक्ता रहने भएका छन् ।

सीडीएस ग्रुप होलि्डङस्का बिड म्यानेजर नाइजेल वीनर अफ योङ इन्टरपि्रनर अफदिइयर २०२२ हुन भने स्टिभ सोलिसिटर तथा एशोसिएसट प्रोफेसर अफ ल एवं डेभिड एशोसिएट प्रोफेसर अफ मार्केटिङ एण्ड ग्रयाजुएट रिक्रुटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?